भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सतर्कता अपनाएकै घरमा पहिरो जाँदा ८ जनाको मृत्यु, ९ घाइते ४ वपत्ता

सतर्कता अपनाएकै घरमा पहिरो जाँदा ८ जनाको मृत्यु, ९ घाइते ४ वपत्ता

बागलुङ । वर्षाले त्रसित स्थानीय निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै सतर्कता अपनाएर बसेको घरमा पहिरो गएको छ । आरुपाटाका स्थानीय सुरक्षित घर खोज्दै जोगबहादुर बुढाको घरमा बसेका थिए । अपसोच सबै जम्मा भएकै घरलाई पहिरोले बगायो र छ जनाको मृत्यु भयो । चार जना अझै बेपत्ता छन् । घटनास्थल निकै दुर्गम स्थान भएका कारण प्रहरी चार घण्टापछि मात्रै उद्धारका लागि पुगेको बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलले बताए ।

गाउँमा पहिरोको जोखिम भएकाले जोगबहादुर को घर आएको बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताए । पहिरोले घर गोठसमेत बगाएको छ । अन्य बेपत्ताको खोजीका लागि प्रहरी र सेना परिचालन भएका छन् । ठूलो मानवीय क्षति भएको पहिरोमा परि ७० वर्षीया देवी कामी, पाँच महिनाकी सीता विक, सात वर्षीय मालती बुढा, आठ वर्षीय अमल बुढा, ११ वर्षीया सीता पुन र घरधनी ७८ वर्षीय जोगबहादुर बुढाको मृत्यु भएको हो ।

घाइते हुनेमा बडिगाड गाउँपालिका–१० बस्ने २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीय सङ्गीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मङ्गल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशिराम विक, नौ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा छन् । घाइते भएका दश जनालाई अस्पताल पुर्‍याउन कठिन भएको छ । निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्‍याउन नसकिएको हो ।

नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेको छ । घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए । उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको दुखेसो छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी अहिलेसम्म आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन् । खोजी जारी छ ।

 


Thali Mobile Pvt.Ltd.