भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अवरुद्ध भक्तपुर-नगरकोट सडक सञ्चालनमा आयो

अवरुद्ध भक्तपुर-नगरकोट सडक सञ्चालनमा आयो

भक्तपुर । पहिरोले अवरुद्ध भएको भक्तपुर नगरकोट सडक सञ्चालनमा आएको छ ।

लगातारको बर्षापछि पहिरोले अवरुद्ध भएको सडक स्थानीय, प्रहरी र चाँगुनारायण नगरपालिकाकाको सक्रियतामा पहिरो पन्छाएर सञ्चालनमा आएको हो ।

दिउसो पौने तीन बजेदेखि चाँगुनारायण नगरपालिका–६ मुहान पोखरी नजिक पहिरोले सडक अवरुद्ध भएको थियो ।

सडक अजरूद्ध हुँदा भक्तपुरबाट नगरकोट जाने र नगरकोटबाट भक्तपुर आउने दर्जनौ सवारी साधन अलपत्र परेका थिए ।

सडक खुलाउन दुईवटा डोजर प्रयोग गरिएको र बेलुका ७ बजेबाट सडक संचालनमा आएको नगर प्रमुख खत्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.