काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै सुख्खा पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो ।
बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक विभागसँग समन्वय गरी खुलाउने प्रयास थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
