काठमाडौं । सरकारले संविधान दिवस २०८१ तीन दिनसम्म मनाउने भएको छ । नेपालको संविधान ३ असोज २०७२ मा जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय र हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
समितिले आगामी २, ३ र ४ असोजमा तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा ३ असोजमा संविधान दिवस मनाउने निर्णय गरेको हो । समितिको निर्देशानुसार २ असोज संघीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधान दिवसको उपलक्ष्यमा विशेषाङ्क स्मारिका प्रकाशन गर्नाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक एवं निजी क्षेत्रका अन्य विद्युतीय तथा छापा सञ्चारमाध्यमहरूबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण प्रकाशन गराउने तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।
सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र र सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने व्यवस्था मिलाइने छ । आम नागरिकलाई आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झन्डा सजाउन र साँझ दीपावली गर्न आह्वान गर्ने, सम्भाव्य फराकिला सार्वजनिक चोकहरूमा राष्ट्रिय गान र राष्ट्रभक्तिका साङ्गीतिक महोत्सव आयोजना गरिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । मलेसियामा जारी आईसीसी यू १९ महिला टी २० विश्वकपमा आज नेपाल र स्कतल्याण्ड भिड्ने भएका छन् । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो...
काठमाडौं । नवनिर्वाचित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खानु अघि सोमबार वासिङ्टन डीसीमा र्याली आयोजना गरी सम्बोधन गरेका छन् । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आज जनवरी २० देखि कार्यभार...
मान्म । यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन दुई करोड...
काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा मिचेर बनाइएका भवनहरु उपत्यका विकास प्राधिकरणले भत्काउन थालेको छ । पत्रकार सम्मेलन गरेर उक्त कार्य थालिएको वडा अध्यक्ष विमल होडाले...