भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जनाको खोजीकार्य जारी

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जनाको खोजीकार्य जारी

काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । हराएका ४१ जनाको खोजी कार्य जारी छ । काठमाडौं नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

गृहले बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता हुनेमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् ।

४५ जना घाइतेको उपचार भइरहेको छ । देशभरी १ हजार ३ सय २७ घरमा क्षति पुगेको छ । राजमार्ग तथा १९ सडक भत्किएका छन् । ३ हजार ६ सय ५४ जनाको सकुशल उद्धार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.