भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अर्थतन्त्रमा सुधार ल्याउन कृषि अभ्यासमा जोड दिदैँ पाकिस्तान

अर्थतन्त्रमा सुधार ल्याउन कृषि अभ्यासमा जोड दिदैँ पाकिस्तान

काठमाडौं । पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।

खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै उनले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताएको चिनियाँ समाचार संस्था सीएनएनले जनाएको छ ।

कृषि उत्पादनमा सुधार र प्रविधि हस्तान्तरण प्रयासमा विशेष गरी चीन लगायतका देशहरूसँगको सहकार्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन कृषि क्षेत्रमा अनुसन्धान र आधुनिक प्रविधि समावेश गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

विद्यार्थीलाई चीन पठाएर सीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना रहेको खाद्य सुरक्षा मन्त्री हुसेनले बताएको सिन्ह्वाको खबरमा उल्लेख छ । बाँझो जमिनलाई कृषियोग्य बनाउनेसहित थप जमिनलाई खेतीअन्तर्गत ल्याउने कदम लगायत किसानलाई अर्बौँ रुपैयाँ ऋण प्रदान गरी नवीन योजना चलिरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.