भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

आईएमएफद्धारा पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत

आईएमएफद्धारा पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत गरेको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले आईएमएफले सात अर्ब डलर ऋण स्वीकृत गरेको जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

आर्थिक पुनर्स्थापनाका लागि आईएमएफले दिएका सुझावहरू कार्यान्वयनलाई तीव्रता दिएपछि ऋण अनुमोदन भएको पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जनाएको छ । आर्थिक स्थिरता प्राप्त गरेपछि पाकिस्तानले आर्थिक विकासका लक्ष्यहरू प्राप्त गर्न कडा कदम चाल्नेछ । पाकिस्तानले कृषि कर संरचनामा सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू लागू गर्ने प्रतिज्ञा गरेपछि बल्ल आईएमएफले सात अर्ब डलरको ऋण स्वीकृत गरेको हो ।

ुजियो न्यूजु का अनुसार नयाँ ऋणको पहिलो किस्ताबापतको एक अर्ब एक करोड डलर आउँदो सोमवार जारी हुने अपेक्षा छ ।

खराब आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर छ । सन् १९५८ देखि पाकिस्तानले २२ पटक ऋणका लागि आईएमएफमा निवेदन दिएको छ । आईएमएफ पाकिस्तानको पाँचौं ठूलो ऋणदाता हो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.