भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दशैंको मौकामा घर आएका ६ जना पक्राउ

दशैंको मौकामा घर आएका ६ जना पक्राउ

काठमाडौं । दशैं मनाउन घर आएका ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट फैसला भई कैद जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका रौतहटमा विभिन्न मुद्दाका ६ जना अपराधीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नजिर अन्सारी, सिहदान्त पासवान, रामसागर गिरी, पवनकुमार राउत कुर्मी, उमेश कुमार भन्ने अखिलेशकुमार यादव र राजेशकुमार यादव छन् ।दसैंको अवसरमा घरमा आई लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी दीपकुमार रायले बताए ।

अन्सारीलाई सवारी ज्यान मुद्दा, पासवानलाई चोरी मुद्दा, गिरीलाई बालबिबाह मुद्दा, कुर्मी र यादवलाई चोरी मुद्दामा जरिवाना र कैद तोकिएको डीएसपी रायले बताए । राजेशकुमार यादवलाई भने लागुऔषध मुद्दामा ५० हजार जरिवाना तोकिएको छ । पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि बिहीवार जिल्ला अदालत गौरमा हाजिर गराइएको छ ।

 


Thali Mobile Pvt.Ltd.