भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अमेरिकालाई पछार्दै टी२० आई सिरिजमा नेपाल विजयी

अमेरिकालाई पछार्दै टी२० आई सिरिजमा नेपाल विजयी

काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टि २० खेलमा नेपाल विजयी भएको छ । नेपाल र अमेरिकाबीचको तीन खेलको टी २० आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । १६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनाएको हो ।

अमेरिकाका लागि शयान जहाँगिरले अर्धशतकीय पारी खेल्दै ३४ बलमा ६० रन बनाए । यस्तै एन्ड्रिज जोशले ३०, मिलिन्द कुमारले २२ तथा जसदीप सिंहले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमेरिकालाई पराजित गर्ने क्रममा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा रिजन ढकाल, करण केसी र गुलशन झाले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् ।

दीपेन्द्रसिंह ऐरीले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन र आसिफ शेख र अनिल साहले समान २७र२७ रन बनाए । गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडे । अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिएभने अली खान र नोस्थुश केङ्जिगेले पनि एक–एक विकेट लिए । अब नेपालले अमेरिकामै विश्वकप लिग दुई अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ ।

 


Thali Mobile Pvt.Ltd.