भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पाला बनाउन व्यस्त पोटरी स्क्वेरका स्थानीय

पाला बनाउन व्यस्त पोटरी स्क्वेरका स्थानीय

भक्तपुर । तिहारले घरदैलोमा लसस्कै छोएका बेला भक्तपुर पोटरी स्क्वेरका प्रजापति समुदायलाई माटोको पाला बनाउन भ्याइनभ्याइ छ । अन्य बेलामा भन्दा तिहारको लक्ष्मीपूजामा माटोको पालाको माग अत्याधिक बढेपछि प्रजापतिहरु धेरै दिन अघिदेखि माटोको पाला बनाउनमै व्यस्त भएका हुन् । बिगत २ दशकदेखि माटोको भाँडो बनाउने पेसामा आबद्ध सुरेस प्रजापतिले पुख्र्यौली पेसालाई नै आफ्नो पेसा बनाएका हुन् ।

अरू समय उनी माटोका विभिन्न भाडा बनाउँछन् । तर, तिहारको समयमा पालाको अर्डर नै बढी आउने भएकाले हरेक वर्ष तिहार आसपास बढी समय माटोको पाला बनाउनमै लाग्छन् । उनी मात्रै होइन राजेश प्रजापतिको पनि दिनचर्या यसरी नै वितिरहेको छ । उनले भने, ‘तिहारमा पालाको माग धेरै हुन्छ। त्यसैले यसका लागि २ हप्ता अगाडिदेखि नै तयारी थाल्नपर्छ। अर्डर आई नै रहेको छ। हिजो मात्र सकाएर पसलमा पठाइसकेँ, अरू थप पनि बनाउँदैछु।’

यस वर्षका लागि उनले तिहारमा मात्र करिव ७० हजार पीस पाला बनाए । तिहारमा घर तथा टोलटोलमा माटोको पालामा बत्ती बालेर झलमल्ल बनाउने परम्परा छ । त्यसैले तिहारमा बजारमा पालाको माग बढ्ने गरेको छ। माग बढेपछि भक्तपुर नगरपालिका ४ मा अवस्थित पोटरी स्क्वेरका अधिकांश प्रजापति समुदाय यति बेला पाला बनाउनै व्यस्थ हुन्छन् ।

माटोको पाला उत्पादन गर्न आफ्ना बूबा आमालाई सघाइरहेका पोटरी स्क्वेरका २० वर्षीय कृजेस प्रजापतिले पनि तिहारका लागि पाला उत्पादन गर्न रातभरि खटन पर्ने बताए । पोटरी स्क्वेरकै स्थानीय मोहनप्रसाद प्रजापति पनि माटोको पाला बनाउन तल्लिन देखिन्थे । उनले प्रत्यक वर्ष २ देखि ४ लाखसम्म पाला बनाउँछन् । ४८ वर्षीय मोहनले भने, ‘बनाएको जति सबै खुजुरा पसलमा पठाइसकेँ।

अब फेरि बनाइ राखेको छु।कुनै पसलमा २० हजार कुनै पसलमा १५ हजार जति पठायो। तिहारमा पाला मात्रै बिक्छ। अरू बिक्दैन ।’ पोटरी स्क्वेरको कोलाखो टोल प्रजापति समुदायले भारिएको छ । अहिले करीब ५० घर छन् । लगभक प्रत्यक घरबाट स्थानीयले माटोको भाडा बनाउँछन् । उनीहरूले तिहार लक्षित पाला उत्पादन गरिरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.