भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

झिनियाँ रोटीको लोकप्रियता बढ्यो

झिनियाँ रोटीको लोकप्रियता बढ्यो

तानसेन । तिहारसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाउँदै गएको छ । तानसेनका हरेक गल्ली गल्ली,पसल(पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटी सबैको मन लोभ्याउने गरेको छ । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो ।

तिहारको आगमनसँगै तानसेन, रामपुरलगायत नेवारी बस्तीमा झिनियाँ रोटीले ढाकेको छ । पाल्पाका ग्रामिण भेगदेखि बजारसम्म झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको भिडभाड बढेको छ । तानसेनमा तीजपछि झिनियाँ रोटीको मुख्य सिजन हो ।

तानसेन टक्सारका अधिकांश परिवारको आयस्रोत नै झिनियाँ रोटी भएको छ । ुझिनियाँ रोटी बनाउन सके बजारको कुनै समस्या छैन घर घर बाटै बिक्री हुँदै आएको झिनियाँ रोटी उद्योगी तानसेन टक्सारका सुरेन्द्र श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.