भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

झिनियाँ रोटीको लोकप्रियता बढ्यो

झिनियाँ रोटीको लोकप्रियता बढ्यो

तानसेन । तिहारसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाउँदै गएको छ । तानसेनका हरेक गल्ली गल्ली,पसल(पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटी सबैको मन लोभ्याउने गरेको छ । तिहारमा रोटीको परिकारलाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो ।

तिहारको आगमनसँगै तानसेन, रामपुरलगायत नेवारी बस्तीमा झिनियाँ रोटीले ढाकेको छ । पाल्पाका ग्रामिण भेगदेखि बजारसम्म झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको भिडभाड बढेको छ । तानसेनमा तीजपछि झिनियाँ रोटीको मुख्य सिजन हो ।

तानसेन टक्सारका अधिकांश परिवारको आयस्रोत नै झिनियाँ रोटी भएको छ । ुझिनियाँ रोटी बनाउन सके बजारको कुनै समस्या छैन घर घर बाटै बिक्री हुँदै आएको झिनियाँ रोटी उद्योगी तानसेन टक्सारका सुरेन्द्र श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.