भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमाः बाइडेन

बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमाः बाइडेन

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम हुने अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिक्रिया दिएका छन्। बाइडेनले हमासले बन्धक रिहा गरेको भोलिपल्टै युद्धविराम हुने बताएका हुन । बाइडेनले बुधबार पनि रफाहमा इजरायलले गरेको कारबाहीको विरोध गर्दै हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका थिए।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा स्थल र हवाइ हमला गरेका थिए। यो हमलामा एक हजार १७० भन्दा बढी मानिस मारिएका थिए। त्यतिवेला २५० जनालाई अपहरण गरी गाजापट्टी लगिएको थियो । त्यसयता तीमध्ये आधा बन्धक अझै हमासको नियन्त्रणमा छन्।

इजरायलको जवाफी हमलामा गाजामा अहिलेसम्म ३४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। तर हमास र इजरायल अहिलेसम्म युद्धविराम सम्झौतामा पुग्न असफल भएका छन्।

सियाटलमा एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले बन्धक रिहा गर्ने हमास र युद्धविराम लागू गर्ने कुरा प्यालेस्टाइनको हातमा रहेको बताए। उनले रफाहमा इजरायलको गरेको आक्रमणको विरोध गरे।

 


Thali Mobile Pvt.Ltd.