भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

पानामा नहर अमेरिकाको कब्जामा, ट्रम्पको चर्को दबाबपछि अमेरिकी जहाजहरू विना शुल्क पार गर्न पाउँने

पानामा नहर अमेरिकाको कब्जामा, ट्रम्पको चर्को दबाबपछि अमेरिकी जहाजहरू विना शुल्क पार गर्न पाउँने

एजेन्सी । पानामा नहरबाट कुनै शुल्क नतिरी अमेरिकी जहाजहरू जाने भएका छन् । शुल्क नतिरी जाँदा अमेरिकाको प्रत्येक वर्ष करोडौं डलर बचत हुने अमेरिकाले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले पानामा नहर हुँदै जाने अमेरिकी जहाजहरूले कुनै शुल्क तिर्न नपर्ने जनाएको छ । अमेरिकी राष्ट्रपतिको शपथ लिएपछि डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमा पानामा नहर चीनले सञ्चालन गरिरहेको दाबी गरेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को दबाबपछि अमेरिकी जहाजहरूले पानामा नहरबाट विना कुनै शुल्क पार गर्न अनुमति पाएका हुन् । अमेरिकाले पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्ने बताउँदै आएको थियो ।

संयुक्त राज्य अमेरिकाले सन् १९०४ देखि १९१४ सम्म पनामा नहरको निर्माण गरेको थियो । हरेक वर्ष झन्डै १४ हजार वटा पानीजहाज यस नहर भएर यात्रा गर्छन् । तर सन् १९९९ मा पानामाले अमेरिकाबाट नहरको नियन्त्रण आफ्नो माताहत ल्याएको छ । यो नहर पानाको अर्थतन्त्रको मुख्य स्रोत हो ।

यसबाट पानामाले वार्षिक अर्बौं डलर राजस्व उठाउँछ भने हजारौं पानामेली नागरिकलाई रोजगारी दिएको छ । ट्रम्पले पानामा नहर हुँदै जाने अमेरिकी जहाजबाट लिइएको चर्को शुल्कलाई उद्धृत गर्दै नहर फिर्ता लिने धम्की समेत दिएका थिए ।

पानामा नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक हो । यसले प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्छ र अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानामाको पहाड काटेर कृत्रिम जलाशय बनाइएको नहरको लम्बाइ झन्डै ८२ किलोमिटर लामो छ ।

 


Thali Mobile Pvt.Ltd.