भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय छन्ः अध्यक्ष विजुक्छे

नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय छन्ः अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय रहेको बताउँनु भएको छ ।

बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम बिहीबार उद्घाटन गर्दै सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभाव रहेकाले गणतन्त्र विरोधीहरु सक्रिय भएको बताउँनु भएको हो ।

कार्यक्रममा अध्यक्ष विजुक्छेले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिने विषयमा सरकार अहिले पनि सकारात्मक नदेखिएको बताउँदै सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने जोडदार माग गर्नुभयो ।

उहाँले नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न सक्दैन भन्ने सोच खोटपूर्ण रहेको तर्क गर्दै भक्तपुरका हरेक ठाउँ र यहाँका नागरिकहरू आफैमा विश्वविद्यालयका महत्वपूर्ण पूर्वाधारहरूको रूपमा रहेको चर्चा गर्नुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुने बताउँदै प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र पनि कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् । सिद्धान्तहीन मान्छे विश्वसीनय हुँदैन । पदमा बस्नेहरूको बौद्धिक स्तर मापन गर्नुपर्छ ।”

“भक्तपुरलाई विश्वविद्यालय नदिने सरकारको ठुलो गल्ती हो । यहाँका नागरिकहरू आफैमा कलाकार र सांस्कृतिक गुरु हुन् । प्रधानमन्त्रीको धर्म निभाउन नसक्ने प्रधानमन्त्री । नयाँ पुस्तालाई हामीभन्दा धेरै परिस्कृत गर्नुभयो,” उहाँले भन्नुभयो ।

कार्यक्रमका सभापति, बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरी कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाण पत्र (क्यु.ए.ए.) प्राप्त गर्ने भक्तपुर जिल्लाको पहिलो सामुदायिक कलेज भएको बताउँदै यससँगै बागीश्वरीमा नयाँ नयाँ विषयहरू अध्ययन अध्यापनको लागि सहजता मिलेको बताउनुभयो ।
बाण गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.