भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बीपीएल क्रिकेटको उपाधि चुम्न पञ्चकोटी क्रिकेट क्लब सफल

बीपीएल क्रिकेटको उपाधि चुम्न पञ्चकोटी क्रिकेट क्लब सफल

बैतडी । दोस्रो संस्करणको बासुलिङ्ग प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पञ्चकोटी क्रिकेट क्लबले हात पारेको छ। बडा दशैंको अवसरमा बैतडीको सतबाँझमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा आयोजक बासुलिङ्ग क्रिकेट क्लबलाई ३१ रनले पछि पार्दै दशरथचन्द नगरपालिका १० रातामाटाको पञ्चकोटी क्लबले उपाधि हात पारेको हो।

सिद्धखाली खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको पञ्चकोटीले निर्धारित १५ ओभरमा ८ विकेट क्षतिमा १६४ बनाएको थियो भने जवाफमा आयोजक बासुलिङ्ग १४ ओभरमा १३३ रन बनायो ।

पञ्चकोटी क्रिकेट क्लवका अध्यक्ष उत्तम चन्दका अनुसार उपाधिसँगै क्लबले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । यता आयोजक बासुलिङ्ग क्रिकेट क्लवले १८ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी म्यान बासुलिङ्ग क्रिकेट क्लबका आकाश चन्द भए । त्यस्तै खेलमा उत्कृष्ट ब्याटसम्यान पञ्चकोटीका अंशु बुडाल र उत्कृष्ट बलर पञ्चकोटीकै मुकेश थापा चुनिएका थिए।

उक्त दोस्रो संस्करणको बासुलिङ्ग प्रिमियर लिग, बासुलिङ्ग क्रिकेट क्लवले कात्तिक २ गतेदेखि शुरू गरेको थियो । यस प्रतियोगितामा विभिन्न १६ टोलीको सहभागिता रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.