भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

बीपीएल क्रिकेटको उपाधि चुम्न पञ्चकोटी क्रिकेट क्लब सफल

बीपीएल क्रिकेटको उपाधि चुम्न पञ्चकोटी क्रिकेट क्लब सफल

बैतडी । दोस्रो संस्करणको बासुलिङ्ग प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पञ्चकोटी क्रिकेट क्लबले हात पारेको छ। बडा दशैंको अवसरमा बैतडीको सतबाँझमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा आयोजक बासुलिङ्ग क्रिकेट क्लबलाई ३१ रनले पछि पार्दै दशरथचन्द नगरपालिका १० रातामाटाको पञ्चकोटी क्लबले उपाधि हात पारेको हो।

सिद्धखाली खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको पञ्चकोटीले निर्धारित १५ ओभरमा ८ विकेट क्षतिमा १६४ बनाएको थियो भने जवाफमा आयोजक बासुलिङ्ग १४ ओभरमा १३३ रन बनायो ।

पञ्चकोटी क्रिकेट क्लवका अध्यक्ष उत्तम चन्दका अनुसार उपाधिसँगै क्लबले ३५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । यता आयोजक बासुलिङ्ग क्रिकेट क्लवले १८ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी म्यान बासुलिङ्ग क्रिकेट क्लबका आकाश चन्द भए । त्यस्तै खेलमा उत्कृष्ट ब्याटसम्यान पञ्चकोटीका अंशु बुडाल र उत्कृष्ट बलर पञ्चकोटीकै मुकेश थापा चुनिएका थिए।

उक्त दोस्रो संस्करणको बासुलिङ्ग प्रिमियर लिग, बासुलिङ्ग क्रिकेट क्लवले कात्तिक २ गतेदेखि शुरू गरेको थियो । यस प्रतियोगितामा विभिन्न १६ टोलीको सहभागिता रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.