भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

हेटौँडामा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

हेटौँडामा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिएको हो। घाइते भएका सहचालक विश्रामपुर बस्ने १८ वर्षीय विपीन महत्तोलाई उपचारका लागि हेटौँडा अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए।

क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो। चालक पर्सा वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने ३० वर्षीय दशरथ पासवान भने सामान्य घाइते भएका छन्।

 


Thali Mobile Pvt.Ltd.