भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

ताप्लेजुङको पाथीभरा क्षेत्रमा वर्षको पहिलो हिमपात, तीर्थयात्रीलाई जाडोबाट सतर्क रहन आग्रह

ताप्लेजुङको पाथीभरा क्षेत्रमा वर्षको पहिलो हिमपात, तीर्थयात्रीलाई जाडोबाट सतर्क रहन आग्रह

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा देवी मन्दिर क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ ।
शुक्रबार दिउँसो हल्का वर्षापछि साँझदेखि निरन्तर हिउँ झर्न सुरु भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । हल्का हिमपातसँगै क्षेत्रमा चिसो तीव्र रूपमा बढेको प्रहरीले जनाएको छ ।

चिसो बढेपछि पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्रीहरूलाई जाडोबाट बच्ने उपाय अपनाउन र सतर्क रहन अनुरोध गरेको छ । हिमपातका कारण यात्रु आवतजावतमा सामान्य असर परेको भए पनि बिहानै पुगेका भक्तजनले दर्शनसँगै हिउँ खेल्ने अवसर समेत पाएका थिए ।

हिउँ परेपछि मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको भीड देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.