भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ताप्लेजुङको पाथीभरा क्षेत्रमा वर्षको पहिलो हिमपात, तीर्थयात्रीलाई जाडोबाट सतर्क रहन आग्रह

ताप्लेजुङको पाथीभरा क्षेत्रमा वर्षको पहिलो हिमपात, तीर्थयात्रीलाई जाडोबाट सतर्क रहन आग्रह

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा देवी मन्दिर क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ ।
शुक्रबार दिउँसो हल्का वर्षापछि साँझदेखि निरन्तर हिउँ झर्न सुरु भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । हल्का हिमपातसँगै क्षेत्रमा चिसो तीव्र रूपमा बढेको प्रहरीले जनाएको छ ।

चिसो बढेपछि पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्रीहरूलाई जाडोबाट बच्ने उपाय अपनाउन र सतर्क रहन अनुरोध गरेको छ । हिमपातका कारण यात्रु आवतजावतमा सामान्य असर परेको भए पनि बिहानै पुगेका भक्तजनले दर्शनसँगै हिउँ खेल्ने अवसर समेत पाएका थिए ।

हिउँ परेपछि मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको भीड देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.