भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ६ स्थित शान्ति डाँडा पर्यटकको रोजाइमा पर्ने स्थान हो । बुद्ध शान्ति डाँडा नगरकोट घुम्न आउने पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको हो ।
भक्तपुरको कमलविनायक खरिपाटि, तेलकोट भएर केहि किलोमिटर नगरकोट जाने बाटोलाइ निरन्तरता दिदा शान्ति डाँडा पुग्न सकिन्छ । बुद्ध शान्ति डाँडा पुग्न खुड्किलाहरु चढ्नु पर्ने भएकाले पनि यहाँ जाऔं–जाऔं लाग्ने गरेको यहाँ घम्न आउने पर्यटकहरुको भनाई छ ।
यहाँबाट देखिने हरियाली वातावरणले यहाँ पुग्ने जो कोहीलाई स्वर्ग यही छ भन्ने आभाष हुने गरेको छ । राजधानी काठमाडौंबाट नजिकै रहेको यो स्थान पर्यटकीय क्षेत्र नगरकोटको काखैमा भएको भएर होला नगरकोटको परिचयमा अर्को इट्टा थपेको छ ।
यहाँका सुन्दरता महशुस गर्न एकपटक यो ठाउँ पुगेपछि मात्रै अनुभव गर्न सकिन्छ । प्रसिद्ध पर्यटकीय स्थल नगरकोट समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेकाले गर्मी मौसममा पनि चिसो वातावरण हुने भएकाले यहाँ पर्यटकको आवागमन बाक्लो हुने गरेको छ ।
नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल भएकाले राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा रहेको स्थान हो ।
शान्ति डाँडामा पुगेपछि विशाल भगवान बुद्धको मुर्ति देख्दा यहाँ एकछिन नबस्ने कोहोलार ? विशाल बुद्धको मूर्ति अगाडिबसेर हरियाली सुन्दर स्थानहरुमा नयन डुलाउँदा मनका हरेक भावहरुलाई शान्त मिल्ने स्थानका रुपमा त्यहाँ पुग्ने हरेक व्यक्तिलाई शान्तिको आभास हुने गरेको छ ।
सूर्यउदयको दर्शन गर्ने उत्कृष्ट स्थान नगरकोटबाट मौसम सफा भएको बेला सुन्दर हिमश्रृङ्खलाहरुलाई आफ्नै आँखाले कैद गर्न सकिन्छ । यहाँबाट मनमोहक हिमालयका चुचुराहरूलाई महशुस गर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...
भक्तपुर, २५ असार । सुर्यविनायक नगरपालिकाको जामुनीमा अवस्थित सुर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारले ५० शैयाको अस्पतालको रूपमा सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाबाट...
काठमाडौं, २५ असार । नेपाल चिकित्सक सङ्घ र सरकारले हिजो साँझ तीन बुँदे सहमति गरेपछि चिकित्सक सङ्घले आह्वान गरेका सबै आन्दोलन स्थगित भएका छन्। यसपछि आजदेखि देशभरिका अस्पतालमा सेवा...
काठमाडौं, २४ असार । देशका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि व्यापक वर्षा भइरहेको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन...