भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

मनै शान्त गराउँने नगरकोटको काखैमा बुद्ध शान्ति डाँडा

मनै शान्त गराउँने नगरकोटको काखैमा बुद्ध शान्ति डाँडा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ६ स्थित शान्ति डाँडा पर्यटकको रोजाइमा पर्ने स्थान हो । बुद्ध शान्ति डाँडा नगरकोट घुम्न आउने पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको हो ।

भक्तपुरको कमलविनायक खरिपाटि, तेलकोट भएर केहि किलोमिटर नगरकोट जाने बाटोलाइ निरन्तरता दिदा शान्ति डाँडा पुग्न सकिन्छ । बुद्ध शान्ति डाँडा पुग्न खुड्किलाहरु चढ्नु पर्ने भएकाले पनि यहाँ जाऔं–जाऔं लाग्ने गरेको यहाँ घम्न आउने पर्यटकहरुको भनाई छ ।

यहाँबाट देखिने हरियाली वातावरणले यहाँ पुग्ने जो कोहीलाई स्वर्ग यही छ भन्ने आभाष हुने गरेको छ । राजधानी काठमाडौंबाट नजिकै रहेको यो स्थान पर्यटकीय क्षेत्र नगरकोटको काखैमा भएको भएर होला नगरकोटको परिचयमा अर्को इट्टा थपेको छ ।

यहाँका सुन्दरता महशुस गर्न एकपटक यो ठाउँ पुगेपछि मात्रै अनुभव गर्न सकिन्छ । प्रसिद्ध पर्यटकीय स्थल नगरकोट समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेकाले गर्मी मौसममा पनि चिसो वातावरण हुने भएकाले यहाँ पर्यटकको आवागमन बाक्लो हुने गरेको छ ।

नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल भएकाले राजधानी काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा रहेको स्थान हो ।

शान्ति डाँडामा पुगेपछि विशाल भगवान बुद्धको मुर्ति देख्दा यहाँ एकछिन नबस्ने कोहोलार ? विशाल बुद्धको मूर्ति अगाडिबसेर हरियाली सुन्दर स्थानहरुमा नयन डुलाउँदा मनका हरेक भावहरुलाई शान्त मिल्ने स्थानका रुपमा त्यहाँ पुग्ने हरेक व्यक्तिलाई शान्तिको आभास हुने गरेको छ ।

सूर्यउदयको दर्शन गर्ने उत्कृष्ट स्थान नगरकोटबाट मौसम सफा भएको बेला सुन्दर हिमश्रृङ्खलाहरुलाई आफ्नै आँखाले कैद गर्न सकिन्छ । यहाँबाट मनमोहक हिमालयका चुचुराहरूलाई महशुस गर्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.