भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

ताप्लेजुङमा केवलकारको विषयलाई लिएर झडप हुँदा प्रहरीको गोली लागेर ४ जना घाइते

ताप्लेजुङमा केवलकारको विषयलाई लिएर झडप हुँदा प्रहरीको गोली लागेर ४ जना घाइते

काठमाडौं । ताप्लेजुङमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । केवलकारको विषयमा झडप हुँदा प्रहरीको गोली लागेर ४ जना घाइते भएका हुन ।

घाइतेहरुको विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी भएको छ। प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन्। यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो।

फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए।

४ जनामध्ये एकजना भने डिस्चार्ज भएका भएका छन्। उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो। मंगल लावतीको अवस्था सामान्य रहेकाले डिस्चार्ज भएका हुन्।

घाइतेमध्ये गम्भीर ३ जनाको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मुकुम्लुङ बचाउ संघर्ष समितिले केबलकार निर्माणको विरोधमा सोमबारदेखि आन्दोलन गर्ने तयारी गरेको छ ।

आन्दोलनलाई रोक्न भन्दै आइतबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपमा परेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० जना घाइते भएको तर अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.