भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

हमासले अब रिहा गर्ने बन्धकमध्ये एक इजरायली नागरिक अर्बेल येहुद पनि

हमासले अब रिहा गर्ने बन्धकमध्ये एक इजरायली नागरिक अर्बेल येहुद पनि

एजेन्सी । हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको हो ।

रिहा गरिने बन्धकमध्ये एक इजरायली नागरिक अर्बेल येहुद पनि रहेकी खबरमा उल्लेख छ । आम नागरिकको रिहाइ नहुँदा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन । हमासले अस्ति शनिवार पनि चार जना बन्धकहरूलाई रिहा गरेको थियो ।

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि दुई सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.