काठमाडौं । कुनै समय थियो दलितले पढेपछि जिब्रो थुतिदिनु भन्ने तर विभिन्न आन्दोलन र युद्धबाट आज त्यो अवस्था रहेन फलस्वरुप देशमा गणतन्त्र स्थापना भयो । आज त्यहि गणतन्त्रको फल प्राप्तीको उदाहरण बनेको छ दलित समुदायबाट विभिन्न विषयमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्ने व्यक्तित्वहरु । जसलाई आज राजधानीमा एक भव्य समारोहका बीच समता फाउण्डेशनको अगुवाइमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा समता फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियार, त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा.कृपाराम विश्वकर्मा, डा.चेतबहादुर परियार, डा. द्रोण रसाइली, डा. विष्णु परियार, डा. पूर्णबहादुर नेपाली, डा. इन्दिरा सुन्दास, डा. मानबहादुर विक, डा. रविना जी रसाइली, डा. विष्णुमाया परियार, डा. गंगाराम विश्वकर्मा, डा. श्याम परियार, डा. यामबहादुर किसान, डा. आइत विश्वकर्मा, डा. अमित परियार, डा। बुद्धि नेपाली, डा. रमेश सुनाम, डा. मित्र परियार, डा. निर्मलकुमार विश्वकर्मा, डा. शेखर परियार छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…
यसैगरी डा. मोम विश्वकर्मा, डा. रमेश परियार, डा. दिनेश हरिजन, डा. रत्नबहादुर वाग्चन, डा. श्यामलाल मगराती, डा. अमरबहादुर विक, डा. नन्दलाल दर्नाल, डा. यामबहादुर विक र डा. रुद्रबहादुर चर्मकार रहेका छन् । सम्मानित डाक्टरहरु दलित समुदायको प्रेरणाको स्रोत भएको भन्दैकार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियार, पूर्वराजदूत पदम सुन्दास र वरिष्ठ अधिवक्ता नारायण नेपालले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन ।
सोही अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले संविधानमा उल्लेखित दलित अधिकारहरुको अक्षरस कार्यान्वयन हुनु पर्नेमा जोड दिइन् । दलित समुदायले आफ्नो क्षेत्रबाट अझै आवाज उठान गर्नुपर्ने भन्दै उनले उच्च र नीचको नाममा अझै विभेद कायम रहेको र त्यसको अन्त्य हुनु पर्ने बताइन् ।
यो सम्मान दलित समुदायका नयाँ पुस्तालाई प्रेरणा होस् भन्ने उद्देश्यले विद्यावारिधि उपाधि हासिल गर्ने समुदायका उच्च व्यक्तित्वलाई सम्मान गरिनु नयाँ पुस्तालाई उत्साहित गरिएको सहभागिले बताए । कार्यक्रममा दलित मानवअधिकार पुस्तकको विमोचन गरिएको थियो भने जलवायु परिवर्तनले दलित समुदायमा पारेको असरका बारेमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा, राष्ट्रिय सभाका माननीयहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि एवं संघ सस्थाका प्रतिनिधिकाे पनि उपस्थिति रहेकाे थियाे ।
तस्वीरमा..


