भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

दैलेख गाडी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्याे

दैलेख गाडी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्याे

दैलेख । दैलेखबाट सुर्खेत फर्किँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा मृत्यु भएका र घाइते भएकाको पहिचान खुलेको छ। सुर्खेत–दैलेख सिमानास्थित वीरेन्द्रनगर–१४ को रातानाङ्ग्ला नजिक भएको दुर्घटनाका ४ जना मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रहेका एसपी रुपेश खडकाले जानकारी दिए।

एसपी खड्काका अनुसार दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का गाडीचालक ३८ वर्षीय सुरेश केसी, वडा नं. २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नं. १ की १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको मृत्यु भएको हो। उनका अनुसार घाइतेहरुको पनि पहिचान खुलेको छ।घाइतेहरुमा दैलेख नारायण नगरपालिका-४ का २८ वर्षीय चन्द्र मल्ल, भैरवी गाउँपालिका-३ की २८ वर्षीया जगतकुमारी विष्ट, उनका २ वर्षीया छोरा स्माइल आचार्य र ६ वर्षीया छोरी स्मारिका आचार्य, सोही वडाकै १२ वर्षीय राजन थापा, २१ वर्षीया प्रकाश बिष्ट रहेका छन्।

घाइतेमध्ये दुल्लु नगरपालिका-१२ की २६ वर्षीया चन्द्रा रावत‚ उनका ७ वर्षीय छोरा सन्दीप रावत‚ भैरवी गाउँपालिका-१ की २२ वर्षीया सम्झना भण्डारी, उनकी १८ महिने छोरी युनिक विष्ट, सोही ठाउँकी १० वर्षीया चन्द्रा रावत रहेको प्रहरीले जनाएको छ। यसैगरी दुल्लु नगरपालिका-६ की १९ वर्षीया सुजता रावत, ९ वर्षीया बिहानी केसी, नाम थर नखुलेकी १५ महिनाकी बालिकाका साथै सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ की ३४ वर्षीया कृष्णा थापा र उनका ४ वर्षीय छोरा राजन थापा, ११ वर्षीया छोरी अविक्षा थापा रहेको प्रहरीले जनाएको छ।

घाइतेमा दैलेखको भैरवी गाउँपालिका-१ की १८ वर्षीया तुल्सी थापा, भैरवी गाउँपालिका-२ की २३ वर्षीया लालकुमारी बिष्ट, २२ वर्षीया पुष्पा खड्का, दैलेखको नारायण गाउँपालिका-४ का २५ वर्षीय बालाराम रेग्मी, दैलेखको महाबु गाउँपालिका-३ का २५ वर्षीया सोबण शाही, दैलेखको भैरवी गाउँपालिका-२ का १७ वर्षीय घनश्याम बिष्ट, महाबु गाउँपालिका-३ का २० वर्षीय प्रकाश बुढा पनि रहेका छन्।

त्यस्तै भैरवी गाउँपालिका-१ की ३१ वर्षीया रमा बिष्ट, २० वर्षीया कमला बिष्ट, महाबु गाउँपालिका-३ का १६ वर्षीय हरि रावल, भैरवी गाउँपालिका-१ की २७ वर्षीया सुजता खत्री, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का २१ वर्षीय सौगात मल्ल घाइते भएका छन्। घाइते हुनेहरुमा दैलेख भैरवी गाउँपालिका-५ का ३० वर्षीय कमल नेपाली र ठेगाना नखुलेको वर्ष अन्दाजी ३८-४० को सुरेश केसी रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.