भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह, पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित

सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह, पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित

काठमाण्डौ । देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुन थप सक्रिय भएको र मनसुनी वायुको आंशिक प्रभावका कारण देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको हो ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै झापाको केचनामा एक सय ५४ दशमलव ६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । गएरातिदेखि मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि ठूलो वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको मौसमविद्ले जनाएका छन् । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनैभर मेघ गर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.