भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोले लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता, कास्कीमा दुइजनाको ज्यान गयो

पहिरोले लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता, कास्कीमा दुइजनाको ज्यान गयो

लमजुङ । पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन्। लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले तीन घर पुरिदा चार जना वेपत्ता भएका हुन ।

पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरेको हो । अहिले बेपत्ताहरुको खोजि भईरहेको प्रहरीले जनाएको छ। पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको जनाएको छ ।

पहिरोका कारण बेसीशहर नगरपालिका–११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा लमजुङ लगिएको प्रहरीले जनाएको छ। पहिरोकै कारण बेसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ। त्यस्तै पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गएको छ ।

मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । राति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्मा रानाभाटको ज्यान गएको हो । हजुरआमा ७० वर्षीया लालमायालाई सकुशल उद्धार गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.