भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ: प्रधानमन्त्री सुशीला कार्की

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ: प्रधानमन्त्री सुशीला कार्की

काठमाडाैं, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्म र समुदायप्रति आफ्नो सम्मान समान रूपमा रहेको स्पष्ट गरेकी छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रमका क्रममा दिइएको अभिव्यक्तिमा आएका प्रतिक्रियासँग सम्बन्धित टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको भन्दै उनले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय नरहेको बताइन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् प्रधानमन्त्री कार्कीले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेकी छन् । उनले भनेकी छन्, “लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् ।

कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो नियत होइन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।”

 

 

 


Thali Mobile Pvt.Ltd.