भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित, नेपालमा ठूलो प्रभाव नपर्ने

बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकसित, नेपालमा ठूलो प्रभाव नपर्ने

काठकाडाैं, १५ कार्तिक । बंगालको खाडीमा विकसित ‘अर्नब’ प्रणालीको प्रभाव नेपालबाट हटिसकेको छ । यसैबीच बंगालको खाडीमा अर्को मौसमी प्रणाली विकास भइरहेको छ । तर, यसले नेपालमा उल्लेखनीय प्रभाव नपार्ने मौसमविद्हरूको प्रारम्भिक विश्लेषण छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित नयाँ प्रणाली आज दिउँसोसम्म दक्षिणपश्चिमी तथा त्यससँग जोडिएको दक्षिणपूर्वी क्षेत्रमा गहिरो न्यून चापीय प्रणालीमा परिणत हुने अनुमान छ । उक्त प्रणाली पर्सि मंगलबार बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिक पुग्ने र तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रारम्भिक विश्लेषणअनुसार नयाँ प्रणालीले ‘अर्नब’ चक्रवातले जस्तो ठूलो मात्रामा वर्षा गराउने सम्भावना छैन । ‘अर्नब’को प्रभाव नेपालमा समेत पर्दा बिहीबार बेलुकादेखि शुक्रबार र शनिबारसम्म वर्षा तथा हिमपात भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विकसित भइरहेको नयाँ प्रणालीको नेपालमा उल्लेखनीय प्रभाव पर्ने देखिएको छैन । महाशाखाले प्रणालीको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्ने जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार हालसम्मको विश्लेषणमा नयाँ प्रणालीले नेपालमा ठूलो प्रभाव पार्ने संकेत देखिएको छैन । उहाँले भोलिदेखि कृषि कार्य, धानबाली काट्ने तथा भित्र्याउने, पदयात्रा र अन्य गतिविधि गर्न सकिने बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.