सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार ।
सिक्टा आयोजनाले १०० र बबईले ५० हेक्टरमा सिँचाइ पुर्याए ।
दुवै आयोजनाले पुस मसान्तसम्म थप ३००–३०० हेक्टरमा सिँचाइ विस्तार गर्ने लक्ष्य राखेका छन् ।
रानी जमरा कुलरिया आयोजनाको भौतिक प्रगति १५ प्रतिशत र वित्तीय प्रगति ११.४३ प्रतिशत पुगेको छ ।
भेरी–बबई र सुनकोशी मरिन आयोजनाले पनि थप निर्माण तथा सिँचाइ विस्तारका लक्ष्य निर्धारण गरेका छन् ।
काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएको हो ।
सिक्टा आयोजनाले रु ५४ करोड तीन लाख लागत अनुमानका चार वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म रु दुई अर्ब ४८ करोड ३० लाख बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने र ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य आयोजनाले राखेको छ । बबई आयोजनाले पनि पुस मसान्तसम्म ३०० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य लिएको विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए ।
रानी जमराको भौतिक प्रगति १५ प्रतिशत पुग्यो
विभागका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजना, टिकापुर ९कैलाली० ले रु एक अर्ब ३३ करोड ३५ लाख लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरेको छ । आयोजनाको भौतिक प्रगति साउनमा आठ प्रतिशत रहेकामा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । वित्तीय प्रगति पनि सोही अवधिमा ५।२५ प्रतिशतबाट बढेर ११।४३ प्रतिशत पुगेको छ ।
आयोजनाले पुस मसान्तसम्म रु दुई अर्ब ३० करोड बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने, १।५ किलोमिटर तटबन्ध बनाउने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य राखेको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३।४ प्रतिशत भौतिक र ३।४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
आयोजनाले पुस मसान्तसम्म रु ६१ करोड बराबरका चार वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनामा भने पुस मसान्तसम्म ९७ हेक्टरमा लिफ्ट सिँचाइ र ६।१८ किलोमिटर तटबन्धको लक्ष्य राखिएको छ । रासस
