बन्जी घुम्दा पर्यटकको पासपोर्ट बाँदरले लगेपछि प्रहरी खोजीमा

बन्जी घुम्दा पर्यटकको पासपोर्ट बाँदरले लगेपछि प्रहरी खोजीमा

मुख्य बुँदा 

घटना स्थान: पर्वत, पोखरा – बन्जी जम्प नजिक।

पर्यटक: अष्ट्रेलियाबाट आएका एक जना पर्यटक र नेपालका अर्का एक पर्यटक।

के भयो: गाडीको छतमा राखिएको झोला बाँदरले लिएर भिरतिर भाग्यो, जसमा पासपोर्ट थिए।

प्रहरीको कार्य: नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाएर खोजी जारी।

खोजी अवस्था: शनिबार र आइतबार खोजी गर्दा पनि झोला भेटिएको छैन।

पोखरा, २६ असाेज । अष्ट्रेलियाबाट नेपाल घुम्न आएका एक पर्यटकको पासपोर्ट बाँदरले लिएर भिरतिर भागेको घटना भएको छ। पर्वतको बन्जी जम्प नजिक गाडीको छतमा राखिएको झोला बाँदरले लगेको जानकारी पर्यटकले दिएका छन्।

अष्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पनि सोझै झोलामा रहेको पासपोर्ट बाँदरले लिएर लगेको छ। खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ।

पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवका अनुसार, शनिबार र आइतबार खोजी गर्दा पनि पासपोर्ट फेला परेको छैन। “हिजो उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको थियो। कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ। फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराइएको छ।”

खोजी टोलीमा सई सावको नेतृत्वमा ७ जना प्रहरी पठाइएको थियो भने सशस्त्र प्रहरी पनि खोजीमा खटिएको थियो। तर भीर र जङ्गल भएकाले खोजी गाह्रो भइरहेको डीएसपी यादवले जानकारी दिए। उक्त पासपोर्टसहितको झोला नभेटिएपछि पर्यटकहरूले प्रहरीमा निवेदन दर्ता गराएका छन्।

 


Thali Mobile Pvt.Ltd.