भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

अवकाश हुदैगर्दा ५ प्रहरीले दिए सर्वोच्चमा रिट

अवकाश हुदैगर्दा ५ प्रहरीले दिए सर्वोच्चमा रिट

काठमाडौं । उमेर हद सकिएर अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले अदालतमा रिट दायर गरेका छन् । दर्जाअनुसारउमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

एआईजी श्यामलाल ज्ञवाली, डीआईजी यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर सर्वोच्च पुगेका छन् । रिट निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए ।उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् ।

जसकारण प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ । आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.