भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सम्पर्कविहीन भएका १६ प्रहरीलाई सम्पर्कमा आउन सात दिने अल्टिमेटम

सम्पर्कविहीन भएका १६ प्रहरीलाई सम्पर्कमा आउन सात दिने अल्टिमेटम

काठमाडौं । सम्पर्कविहीन भएका नेपाल प्रहरी प्रहरीका १६ जनालाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले आज हाजिर हुन आग्रह गरेको हो ।

आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

सात दिनभित्र हाजिर आँउन र किन सम्पर्क विहिन भएको हो भन्ने कारणसहित उपस्थित हुन आग्रह गरेको हो ।

उपस्थित नभएमा बर्खास्त गरिने कार्यालयले जनाएको छ। सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.