सम्पर्कविहीन भएका १६ प्रहरीलाई सम्पर्कमा आउन सात दिने अल्टिमेटम

सम्पर्कविहीन भएका १६ प्रहरीलाई सम्पर्कमा आउन सात दिने अल्टिमेटम image

काठमाडौं । सम्पर्कविहीन भएका नेपाल प्रहरी प्रहरीका १६ जनालाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले आज हाजिर हुन आग्रह गरेको हो ।

आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

सात दिनभित्र हाजिर आँउन र किन सम्पर्क विहिन भएको हो भन्ने कारणसहित उपस्थित हुन आग्रह गरेको हो ।

उपस्थित नभएमा बर्खास्त गरिने कार्यालयले जनाएको छ। सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda