भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विदेशीकाे प्रमुख राेजाइ बन्याे मनाङ, एक वर्षमा २१ हजारबढीले घुमे

विदेशीकाे प्रमुख राेजाइ बन्याे मनाङ, एक वर्षमा २१ हजारबढीले घुमे

मनाङ। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्रा गर्दै हिमाली जिल्ला मनाङमा यो वर्ष २१ हजार विदेशी पर्यटकले घुमफिर गरेका छन् । तथ्याङक अनुसार विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटकले घुमेका छन् ।

वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । फ्रान्सका नागरिक बढी आगमन भएको तथ्याङ्कमा देखिएको छ । फ्रान्सका दुई हजार चार सय ८२ नागरिकले मनाङ भ्रमण गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना प्रमुख ढकबहादुर भुजेलले बताए । त्यसैगरी इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक रहेका छन् ।

नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै एक सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताए । आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो छ । आन्तरिक पर्यटकको भने अभिलेख नराखिने बताइएको छ । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको छ ।

हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको यहाँ आगमन हुने गर्दछ । पछिल्लो समय सवारी साधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको पर्यटकको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.