भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरूले गरे सिँढीको प्रयोग

निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरूले गरे सिँढीको प्रयोग

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले उनलाई पक्राउ गरेका हुन । निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए।

सुरूमा राष्ट्रपतीय सुरक्षा सेवाका सुरक्षाकर्मीले राष्ट्रपति निवासको प्रवेशद्वार नजिक सवारी साधन तेर्स्याएर उनीहरूलाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए। यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो। यूनलाई मोटरमा राखेर सीआईओको मुख्यालयतर्फ लगिएको कोरियाली समाचारमाध्यमले जनाएका छन्।

देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ। यूनले गत डिसेम्बर ३ को मध्यराति देशमा मार्शल ल घोषणा गरेका थिए यद्यपि त्यो घोषणा ६ घण्टा पनि टिक्न सकेको थिएन।

साथै सत्तारुढ दलका केही सांसद र यूनका कानुन व्यवसायीहरूको एक समूहले पनि उनीहरूलाई प्रवेशद्वारमै रोक्ने प्रयास गरेको थियो। राष्ट्रपति आवास बाहिर यूनका समर्थक र विरोधीको ठूलो भीड लागेको छ। निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो।

महाभियोग पारित भएसँगै निलम्बनमा परेका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ। संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन्। तत्काल संसद्को बैठक बसेर सांसदहरूले अमान्य घोषणा गरेपछि यूनले मार्शल ल फिर्ता लिएका थिए। सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा यून विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.