भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

जेनजी आन्दोलनपछिका कठिन परिस्थितिमा नेपाल प्रहरीको जिम्मेवारी अटूट: खापुङ्ग

जेनजी आन्दोलनपछिका कठिन परिस्थितिमा नेपाल प्रहरीको जिम्मेवारी अटूट: खापुङ्ग

मुख्य बुँदा

महानिरीक्षक खापुङकाे ७० औँ प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश ।

जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्न निर्देशन।

नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूलाई देश र नागरिकप्रतिको उत्तरदायित्व निभाउन निर्देशन।

भाद्र २३–२४ गतेका घटनापछि सुरक्षा चुनौतीको सामना गर्न विकल्प नभएको स्पष्ट।

प्रहरी दिवसको अवसरमा वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण।

जेनजी आन्दोलनका कारण क्षतिग्रस्त प्रहरी भवनहरूको पुनःनिर्माणमा नागरिक सहयोगप्रति आभार व्यक्त।

काठमाडौं, ३१ असाेज । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औँ प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना सन्देश दिएका छन्।

शुक्रवारको प्रहरी दिवसको अवसरमा महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नेपाल प्रहरीसँग नभएको बताए।

उनले संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व निभाउन निर्देशन पनि दिएका छन्।महानिरीक्षक खापुङ्गले भने, “भाद्र २३ र २४ गते भएका अप्रिय घटनापछि उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नु हाम्रो विकल्प छैन।  कुनै घटनाक्रमबाट हतोत्साहित नभई नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन निर्देशन दिन चाहन्छु।”

उहाँले प्रहरी दिवसको अवसरमा नेपाल प्रहरीका वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, जेनजी आन्दोलनका घटनापछि तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरी भवनहरूको पुनःनिर्माणमा आम नागरिकबाट प्राप्त सहयोग र सहहृदयता प्रति आभार व्यक्त गरे।

 


Thali Mobile Pvt.Ltd.