भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

तीन फरार कैदीबन्दी प्रहरी नियन्त्रणमा, अदालत र कारागारसँगकाे समन्वयमा पक्राउ

तीन फरार कैदीबन्दी प्रहरी नियन्त्रणमा, अदालत र कारागारसँगकाे समन्वयमा पक्राउ

मुख्य बुँदा:

तीन फरार कैदीबन्दी पक्राउ।

सुशान्त प्रधान, चन्द्रागिरि, लागुऔषध मुद्दामा फरार।

अम्बरबहादुर सारुमगर, ललितपुर, चोरी मुद्दामा फरार।

विशाल महर्जन, काठमाडौं, सवारी ज्यान मुद्दामा फरार।

सबै फरार अभियुक्तलाई अदालत र कारागार प्रशासनसँग समन्वय गरी नियन्त्रणमा राखियो।

काठमाडौं, ३१ असाेज । लागुऔषध, चोरी तथा सवारी ज्यान मुद्दामा फरार रहेका तीन जना कैदीबन्दीलाई प्रहरीले छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको छ। ती फरार अभियुक्तहरूलाई अदालतको आदेश र कारागार प्रशासनको समन्वयमा नियन्त्रणमा लिइएको हो।

पहिलो फरार अभियुक्त सुशान्त प्रधान (२७) चन्द्रागिरि नगरपालिका–१० सतुङगलबाट असोज ३० गते बिहान ११:२० बजे पक्राउ गरिएको हो। उनी लागुऔषध मुद्दामा फरार थिए र पक्राउपछि प्रहरी बृत्त थानकोटमा राखिएका छन्। दोस्रो फरार अम्बरबहादुर सारुमगर (३२) ललितपुर महालक्ष्मी–२ होप भ्यालीबाट पक्राउ परेका हुन्।

उनी चोरी मुद्दामा सजाय भोगिरहेका थिए र भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। प्रहरी प्रभाग इमाडोलको संयुक्त अपरेसनबाट पक्राउ परेका सारुमगरलाई कारागार प्रशासनसँग समन्वय गरी पुनः हिरासतमा राखिएको छ। तेस्रो फरार विशाल महर्जन (३१) काठमाडौं–२६ सामाखुसी निवासी सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

उनलाई असोज ३० गते दिउँसो १२:३५ बजे दक्षिणकाली मन्दिर नजिकबाट नियन्त्रणमा लिइएको थियो। प्रहरीले उनलाई प्रहरी बृत्त लैनचौरमा राखेको थियो र त्यसपछि दिउँसो २ बजे केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारामा पठाइएको छ। तीनै फरार अभियुक्तलाई अदालत र कारागार प्रशासनसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.