नयाँ–नयाँ प्रवृत्तिबाट भइरहेको अपराध अनुसन्धान गर्न प्रहरीलाई चुनौती

नयाँ–नयाँ प्रवृत्तिबाट भइरहेको अपराध अनुसन्धान गर्न प्रहरीलाई चुनौती image

भक्तपुर । अपराध नयाँ नयाँ प्रवृत्तिबाट भइरहेकाले अनुसन्धानमा चुनौती देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताएका छन् । पछिल्लो समय प्रहरीलाई अनुसन्धानका लागि दक्ष जनशक्तिभन्दा पनि स्रोत साधनको कमि भएकाले अनुसन्धानमा चुनौती थपिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) कार्कीले बताएका हुन ।

तालिम, ज्ञान पुरानो प्रवृत्तिको भएकाले पनि अनुसन्धानमा समस्या देखिएको उनले बताए । उनले भने  “आधुनिक प्रविधिको प्रयोगबाट भएका अपराध जस्तै साइबर क्राइमहरुमा दक्ष जनशक्ति र स्रोत साधनको कमी हाम्रा लागि मुख्य चुनौती हो । नयाँ नयाँ प्रवृत्तिको अपराध तर त्यसलाई हल गर्ने स्रो्रेत साधन र नयाँ ज्ञानको कमी भइरहेको छ ।

पछिल्लो अवस्थामा अपराधमा पनि नयाँ किसिमका प्रविधि प्रयोग गरेर भइरहको पाइएको छ । त्यसमा पनि सामाजिक सञ्जाल वा अन्य विधिको प्रयोगबाट अपराध बढेको पाइन्छ । यसमा पनि १५ देखि ३० वर्ष उमेरका मानिसहरु बढी संलग्न भएको देखिन्छ । पीडित र पीडक दुवै यही उमेर समूहका पाइन्छ ।” अनुसन्धानका लागि दक्ष जनशक्तिभन्दा पनि दक्ष स्रोत साधनको समस्या हो । जनशक्तिको सबैतिर समस्या देखिन्छ तर जनशक्तिको कमी वा स्रोतको समस्या देखाएर उम्किने अवस्था चाहिँ छैन । ”

समग्र भक्तपुर जिल्लालाई हेर्दा अपराधको दृष्टिकोणमा सबै कुरा सामान्य नै रहेको डीएसपी कार्कीको भनाईछ । उनका अनुसार अहिलेसम्म त्यस्ता ठूला घटना भएका छैनन् र भएका छुटपुट घटना पनि अनुसन्धानको दायरमा आइसकेको उनको तर्क छ । भक्तपुरमा पछिल्लो समयमा चेक बाउन्सका मुद्दा वा घटना बढिरहेको जानकारी दिदै उनले भने “साइबर क्राइमबाट बच्ने उपाय भनेको आफै सचेत हुुनु हो । हामीले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छौ, त्यसलाई कसरी सुरक्षित बनाउने भन्नेक कुरा आफैमा भर पर्छ ।

सामाजिक सञ्जालका पासवर्डहरु सुरक्षित बनाउने, नचिनेको मानिससँग नबोल्ने, अरुले पठाएका इमेलहरु नखोल्ने, अनावश्यक एपहरु प्रयोग नगर्ने” । भक्तपुरमा बालबालिकाहरुमाथि घटेका घटनाहरु थोरै मात्रामा रहेको र त्यस्ता घटनाहरु जिल्ला प्रहरी परिसर भक्तपुरमा आए भने बालसुधारकेन्द्रमा राखेर अनुसन्धान गर्ने गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

उनले भक्तपुरमा भएका चोरीका घटनाबारे भने “धेरै मात्रामा त छैन तर कहिलेकाही चोरीमा संलग्न भएको पाइन्छ ।” समाजका हुने विभिन्न किसिमका घटनाहरुलाई निर्मूल पार्न प्रहरीले विद्यालय, गाउँटोल, समुदायहरुमा गएर सचेतनाका कार्यक्रमहरु समेत दिने गरेको डीएसपी कार्कीले बताए । उनले भक्तपुरमा मिटरब्याज पीडित नभएको र चेक बाउन्सका केसहरु भने धेरै भएको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरमा सहकारी पीडितहरु थोरै मात्रामा आउने गरेको भए पनि प्रायजसो जिल्ला प्रहरी परिसर भक्तपुरले समन्वय गरेर मिलाएको बताए ।

चोरीका घटना बढ्न नदिन पहिलो कुरा आफै सुरक्षित हुनुपर्ने, लामो समयको लागि घरबाट टाढा जान लागेमा नजिकैको प्रहरी चौकीमा खबर गर्ने, साइबर क्राइमबाट बच्नका लागि आफ्ना सामाजिक सञ्जाललाई आफैले सुरक्षित राख्नुपर्ने , आफ्ना पासवर्डहरु सुरक्षित बनाउने, नचिनेको मान्छेसँग नबोल्ने, अरुले पठाएका इमेलहरु नखोल्ने, अनावश्यक एपहरु प्रयोग नगर्ने, समाजमा शंकास्पद क्रियाकलाप भएमा, शंकास्पद व्यक्ति देखिएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन र एक सयमा फोन गरेर प्रहरीलाई खबर गर्न आम भक्तपुरबासीलाई डीएसपी कार्कीले सुझाए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda