भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास

रसुवा । गंगा दशहरा मेला पवित्र तीर्थस्थल गोसाइँकुण्डमा चलिरहेको छ। भक्तजन सुलाद्री पर्वत आरोहण गर्न पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नान गर्न थालेका छन्। श्रद्धालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न पनि आग्रह गरिएको छ । गंगा दशहरा मेला १० दिनसम्म लाग्छ। काठमाडौँबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी र लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ।

मेला असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ। चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । 

 


Thali Mobile Pvt.Ltd.