भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

नाम सम्मेलनमा सम्वोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा जाँदै

नाम सम्मेलनमा सम्वोधन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ असंलग्न आन्दोलन नामको १९औँ शिखर बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ ४ गते युगान्डाको राजधानी कम्पाला जाने भएका छन् ।

प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले माघ ५ गते ‘साझा वैश्विक समृद्धिका लागि सहयोग विस्तार’ विषयक प्रारम्भिक बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । नाम सम्मेलनमा राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सम्मानमा सोही दिन गणतन्त्र युगाण्डाका राष्ट्रपति योएरी कगुटा मुसेभेनीले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।

शिखर सम्मेलनका क्रममा त्यहाँ एकत्र हुने सरकार प्रमुख, राष्ट्राध्यक्ष एवं उच्चपदस्थ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन प्रारम्भ हुनुअघि माघ ३ र ४ गते परराष्ट्रमन्त्रीस्तरीय बैठक हुदैछ । परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद माघ २ गते कम्पालतर्फ प्रस्थान गर्नेछन् ।

शिखर बैठकले मन्त्रीस्तरीय बैठकको प्रतिवेदन समीक्षाका साथै सन् २०१९ मा नाम शिखर बैठकले पारित गरेका विषयको पनि पुनरावलोकन गर्नेछ । साथै बैठकले कम्पाला घोषणापत्र अनुमोदन गर्नेछ ।

नेपाल नामको संस्थापक सदस्य हो । स्थापनाकालदेखि नै नाममा नेपाल सक्रियरुपमा लागेको छ । असंलग्नता नेपालको परराष्ट्र नीतिको प्रमुख सिद्धान्त हो ।

नाम शिखर सम्मेलनपछि माघ ७ र ८ गते कम्पालामा नै आयोजना हुने तेस्रो दक्षिण सम्मेलनमा परराष्ट्र सचिव लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्किने कर्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.