भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलाश सिरोहियाको गिरफ्तारी आफ्नै निर्देशनमा भएको प्रचण्डको स्पष्टोक्ति

कैलाश सिरोहियाको गिरफ्तारी आफ्नै निर्देशनमा भएको प्रचण्डको स्पष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेपाली कांग्रेससँग अहिले पनि सहमतिकै पक्षमा रहेको बताएका छन् । सहकारी ठगीबारे संसदीय छानविन समिति बनाउन आफू तयार रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र दिन बालुवाटार पुगेका सम्पादकहरुको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफू सहमतिका साथ अगाडि बढ्न चाहेको बताएका हुन् । तर, नेपाली कांग्रेस र आफूवीचको राम्रो सम्बन्धलाई कसैले भड्काएर खेल्न खोजेको आशय प्रधानमन्त्रीले प्रकट गरेका थिए ।

सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले कैलाश सिरोहियाको गिरफ्तारी गृहमन्त्री रवि लामिछानेको एकल निर्णयबाट नभएर त्यसमा आफ्नो पनि निर्देशन रहेको र सो गिरफ्तारीको जिम्मेवारी आफूले लिने स्पष्ट पारेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.