भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ताइवान वरपरका क्षेत्रमा चीनको सैन्य अभ्यास सुरु

ताइवान वरपरका क्षेत्रमा चीनको सैन्य अभ्यास सुरु

काठमाडौं । ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास सुरु गरेको छ।

यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ। बीबीसीका अनुसार चिनियाँ पिपुल्स लिबरेशन आर्मी पीएलएका प्रवक्ता ली शीले यो अभ्यासलाई पृथकतावादी गतिविधिविरुद्धको कडा कारबाहीको संज्ञा दिए। उनले आफ्नो जल तथा हवाई सेनाले संयुक्त रुपमा अभ्यास थालेको भन्दै यो अभ्यासले पृथकतावादीको चेत खुल्ने धम्कीसमेत दिए।

आज बिहान सुरु भएको चिनियाँ सैन्य अभ्यास ताईवानी मुख्यद्वीपको चारैतर्फ जारी छ। किनमेन, मात्सु, उकिउ र डोङगियन द्वीप वरपरको आकाशमा कयौँ चिनियाँ लडाकु जहाजले फन्को मारेका छन्।

चिनियाँ सैन्य अभ्यासविरुद्ध ताइवानको रक्षा मन्त्रालयले कडा शब्दमा आपत्ति जनाएको छ। साथै देशको सम्प्रभुता रक्षाका लागि आफ्नो नौसेना, वायु तथा स्थल सेना तयारी अवस्थामा रहेको ताइवानी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गरिरहेको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश भन्दै आएको छ।एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.