भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

भारत भ्रमणमा कुनै पनि सन्धि सम्झौता भएको छैनः प्रधानमन्त्री

भारत भ्रमणमा कुनै पनि सन्धि सम्झौता भएको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा आफुले कुनै पनि सन्धि सम्झौता नगेरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तथा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणको बारेमा सांसदहरूले जवाफ मागेपछि प्रचण्डले आज प्रतिनिधि सभामा यस्तो जवाफ दिएका हुन् । प्रचण्डले आफ्नो भारत भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा पाहुनाका रूपमा मात्रै भएको प्रष्ट पारे ।

सन् २०१४ मा भारतीय जनता पार्टीले बहुमत ल्याएर मोदी प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र २०१९ मा मोदी दोस्रो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली शपथ ग्रहण समारोहमा गएको स्मरण गराउँदै प्रचण्डले यस पटक मोदीको निमन्त्रणामा आफू भारत गएको बताएका छन्।

भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने, विगतका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयन, दुई देशबीचका संयन्त्रको बैठकलाई जारी राख्ने, कृषि क्षेत्रको विकास, पञ्चेश्वर आयोजना, माथिल्लो अरुण जलविद्युत् आयोजनाबारे पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डले जवाफ दिए ।

 

 


Thali Mobile Pvt.Ltd.