भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

कस्तो छ गायिका मधु क्षेत्रीको स्वास्थ्य अवस्था?

कस्तो छ गायिका मधु क्षेत्रीको स्वास्थ्य अवस्था?

काठमाडौं । श्रीमान्‌बाटै घरेलु हिंसामा परेकी गायिका मधु क्षेत्रीको स्वास्थ्य अवस्था निकै कमजोर रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ ।

प्रतिष्ठानले आफ्नो अस्ट्रेलिया शाखामार्फत मधुको जानकारी लिएको थियो । तुलनात्मक रूपमा भने स्वास्थ्य अवस्थामा केही सुधार भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापाले जानकारी दिइन् । शारीरिक र मानसिक हिंसाका कारण कमजोर बनेकाले पुरानै अवस्थामा फर्किन केही समय लाग्ने अध्यक्ष थापाको भनाइ छ । प्रहरीले नै उद्धार गरेर उपचारका लागि लगेकाले कानुनी प्रक्रिया पनि प्रहरीले अगाडि बढाउने बताइएको छ ।

मधुले सामाजिक सञ्जालमार्फत आफू घरेलु हिंसाबाट पीडित भएको सार्वजनिक गरेकी थिइन् । त्यसपछि अस्ट्रेलिया सरकारले नै उनलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगेको थियो । उनले आफूलाई श्रीमान्‌ले कुटपिट गर्नुका साथै यातना दिने गरेको बताएकी थिइन् ।

 

 


Thali Mobile Pvt.Ltd.