भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

राजीनामा नदिने प्रधानमन्त्री प्रचण्डको अडान, तत्काल नयाँ सरकार गठनको बाटो अवरुद्ध

राजीनामा नदिने प्रधानमन्त्री प्रचण्डको अडान, तत्काल नयाँ सरकार गठनको बाटो अवरुद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन्। बालुवाटारमा मंगलबार बिहान बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन्।

कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न दाहालले बालुवाटारमा बैठक डाकेका थिए। बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।

प्रधानमन्त्रीले राजीनामा नदिने अडानसँगै तत्काललाई नयाँ सरकार गठनको बाटो अवरुद्ध भएको छ। संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वास मत प्राप्त गर्न नसके प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा उठाइरहने पनि उनले बताए।

 


Thali Mobile Pvt.Ltd.