भर्खरै : Sorry, your browser does not support inline SVG.
एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता |

संविधान संशोधन गरेर सांसद मन्त्री बन्न नपाउने व्यवस्था गरौंः प्रचण्ड

संविधान संशोधन गरेर सांसद मन्त्री बन्न नपाउने व्यवस्था गरौंः प्रचण्ड

काठमाडौं । नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका छन् । थाहा नगरको बज्रबारहीमा पत्रकारसंग कुरा गर्दै शासकीय स्वरूपमा परिवर्तन नआइन्जेल नेपालमा स्थिरता कायम नहुने बताए ।

प्रचण्डले भने, अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनु पर्छ, विज्ञ समूहबाट मन्त्री बनाउनुपछ। निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था जाँदा मात्रै देशमा स्थिरता कायम हुन्छ। यो आजको आवश्यकता पनि हो।

अहिलेको सरकारले प्राप्त अधिकार र उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन गर्न खोजेको देखिएको आरोप लगाए । सहकारी ठगीको विषयमा सरकारले राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर बनाउने खेलमा सक्रिय भएको भन्दै आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.