भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संविधान संशोधन गरेर सांसद मन्त्री बन्न नपाउने व्यवस्था गरौंः प्रचण्ड

संविधान संशोधन गरेर सांसद मन्त्री बन्न नपाउने व्यवस्था गरौंः प्रचण्ड

काठमाडौं । नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोड दिएका छन् । थाहा नगरको बज्रबारहीमा पत्रकारसंग कुरा गर्दै शासकीय स्वरूपमा परिवर्तन नआइन्जेल नेपालमा स्थिरता कायम नहुने बताए ।

प्रचण्डले भने, अबको व्यवस्थामा सांसदलाई मन्त्री बनाउने व्यवस्था हटाउनु पर्छ, विज्ञ समूहबाट मन्त्री बनाउनुपछ। निर्वाचन प्रणालीको स्वरूप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था जाँदा मात्रै देशमा स्थिरता कायम हुन्छ। यो आजको आवश्यकता पनि हो।

अहिलेको सरकारले प्राप्त अधिकार र उपलब्धिलाई खोस्ने गरी संविधान संशोधन गर्न खोजेको देखिएको आरोप लगाए । सहकारी ठगीको विषयमा सरकारले राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर बनाउने खेलमा सक्रिय भएको भन्दै आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.