भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन

संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका हुन् ।

उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमानदार नभए संविधान कागजमा मात्र सीमित हुने बताए । सुशासन नारामा मात्र सीमित विषय नभई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने विषय भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले देशलाई रूपान्तरण गर्न पुरानै कार्यशैली र परिपाटीबाट अघि बढ्न नसकिने बताए । भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

‘संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ । संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमानदार भएनन् भने त्यो कागजमा मात्रै सीमित हुन्छ,’ प्रधानमन्त्री शाहले भने । उनले सरकारको कामको सुरुवात भएको र अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्न सरकार दृढ भएर अघि बढ्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.