भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

प्रधानमन्त्री सुशीला कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण, छिटो काम सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण, छिटो काम सम्पन्न गर्न निर्देशन

काठमाडौं, १३ माघ २०८२ । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिँदै कामलाई तीव्र रूपमा सम्पन्न गर्न निर्देशन दिएकी थिइन् । उनले द्रुतमार्ग राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले समयमै सम्पन्न गर्न सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं–तराई द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने छोटो दूरीको यो मार्गलाई रणनीतिक तथा आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

करिब ७१ किलोमिटर लामो यो द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन तथा निगरानीमा भइरहेको छ । आयोजनालाई २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि नीतिगत जटिलता, भौगोलिक कठिनाइ र जग्गा अधिग्रहणलगायतका समस्याका कारण निर्माण प्रक्रिया प्रभावित हुँदै आएको छ । आयोजनाको २०८२ असार मसान्तसम्म समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.