भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छानबिन समिति बनिसकेपछि राजीनामा दिने नदिने व्यक्तिको नैतिकतामा भर पर्छः प्रदीप पौडेल

छानबिन समिति बनिसकेपछि राजीनामा दिने नदिने व्यक्तिको नैतिकतामा भर पर्छः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले त्यस्तो प्रवृत्तिको अन्त्य कांग्रेसले गर्ने पनि बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रवि लामिछानेप्रति इंगित गर्दै राजीनामा दिने नदिने विषय व्यक्तिको नैतिकतामा भर पर्ने समेत पौडेलले बताए। पौडेलले राजीनामा दिनुपर्दैन भनेर फकाएर र लामिछाने जुन कुर्सीमा छन् त्यसमै बसिरहन पाउने भनेपछि छानबिन समिति बनाइएको बताए। पौडेलले कांग्रेसले सहकारीको मुद्दा यसरी अगाडि नल्याएको भए पीडितहरूले न्याय पाउने बाटो नहुने पनि बताए।

लाखौं बचतकर्ताको ठगिएको विषयलाई गुपचुप गर्न र प्रमाण लुकाउन सत्तारूढ दल लागेकाले कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको बताए।

 

 


Thali Mobile Pvt.Ltd.