भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

छानबिन समिति बनिसकेपछि राजीनामा दिने नदिने व्यक्तिको नैतिकतामा भर पर्छः प्रदीप पौडेल

छानबिन समिति बनिसकेपछि राजीनामा दिने नदिने व्यक्तिको नैतिकतामा भर पर्छः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले त्यस्तो प्रवृत्तिको अन्त्य कांग्रेसले गर्ने पनि बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रवि लामिछानेप्रति इंगित गर्दै राजीनामा दिने नदिने विषय व्यक्तिको नैतिकतामा भर पर्ने समेत पौडेलले बताए। पौडेलले राजीनामा दिनुपर्दैन भनेर फकाएर र लामिछाने जुन कुर्सीमा छन् त्यसमै बसिरहन पाउने भनेपछि छानबिन समिति बनाइएको बताए। पौडेलले कांग्रेसले सहकारीको मुद्दा यसरी अगाडि नल्याएको भए पीडितहरूले न्याय पाउने बाटो नहुने पनि बताए।

लाखौं बचतकर्ताको ठगिएको विषयलाई गुपचुप गर्न र प्रमाण लुकाउन सत्तारूढ दल लागेकाले कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको बताए।

 

 


Thali Mobile Pvt.Ltd.