भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रतिनिधिसभा बैठकले शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउने

प्रतिनिधिसभा बैठकले शिक्षा विधेयक छलफलका लागि समितिमा पठाउने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची तय भएको छ ।

प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएको छ ।

असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाका लागि दिएको समयमा संयुक्त र एकलरूपमा एकसय ५० संशोधन दर्ता भएका छन् ।

सांसदले उठाएका प्रश्नको जवाफसहित महासङ्घसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरिसकेको छ । आजको बैठक प्रतिनिधिसभा, २०७९ को दोस्रो अधिवेशन अन्तर्गत ६२ औँ बैठक हो ।

 


Thali Mobile Pvt.Ltd.