भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनको पहिलो अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनको पहिलो अधिवेशन आह्वान

मुख्य बुँदा 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरे।

अधिवेशन चैत १९ गते दिउँसो २ बजेका लागि निर्धारण।

निर्णय मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार।

संविधानको धारा ९३(१) अनुसार संसद अधिवेशन आह्वानको व्यवस्था।

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभाको यो पहिलो अधिवेशन।

काठमाडौँ, १७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले सो दिन दिउँसो २ बजे अधिवेशन आह्वान गरेका हुन्।

संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ:

“नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ बिहीबारका दिन २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै अधिवेशन आह्वान गर्नुभएको छ।” फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो।

 


Thali Mobile Pvt.Ltd.