भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनको पहिलो अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको दुवै सदनको पहिलो अधिवेशन आह्वान

मुख्य बुँदा 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरे।

अधिवेशन चैत १९ गते दिउँसो २ बजेका लागि निर्धारण।

निर्णय मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार।

संविधानको धारा ९३(१) अनुसार संसद अधिवेशन आह्वानको व्यवस्था।

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभाको यो पहिलो अधिवेशन।

काठमाडौँ, १७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले सो दिन दिउँसो २ बजे अधिवेशन आह्वान गरेका हुन्।

संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ:

“नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ बिहीबारका दिन २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै अधिवेशन आह्वान गर्नुभएको छ।” फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो।

 


Thali Mobile Pvt.Ltd.