भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

खेलकुदमा सहभागी महिलाहरु अरुभन्दा तुलनात्मक रुपमा सभ्य, अनुशासित र निडर हन्छन्ः अध्यक्ष विजुक्छे

खेलकुदमा सहभागी महिलाहरु अरुभन्दा तुलनात्मक रुपमा सभ्य, अनुशासित र निडर हन्छन्ः अध्यक्ष विजुक्छे

भक्तपुर । अन्तर नगर महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । चैत्र ३ गते सम्म सञ्चालन हुने अन्तर नगर महिला कबड्डी प्रतियोगिताको मंगलबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभएको हो ।

खेलकुदमा सहभागी महिलाहरु अरुभन्दा तुलनात्मक रुपमा सभ्य, अनुशासित र निडर हुने अध्यक्ष विजुक्छेले बताउनुभएको हो । उहाँले खेलकुद स्वास्थ्य र तन्दुरुस्तको निम्ति भएको बताउनु भयो ।
जनप्रतिनिधि र खेलाडीहरुसँग अनुभव आदानप्रदान गर्ने राम्रो अवसर हुने बताउँदै उहाँले खेलाडीको प्रतिभा प्रदर्शन गर्ने अवसरको रुपमा प्रतियोगितालाई उपयोग गर्न खेलाडीहरुलाई मार्गनिर्देश गर्नुभयो ।

खेलकुदको नियमअनुसार खेलाडीहरुले उत्साहपूर्वक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै अध्यक्ष बिजुक्छेँले खेलमा हार जित स्वाभाविक भएको रखेलाडीहरुबीच आपसी मित्रता कायम गर्ने अवसर पनि भएको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विभिन्न नगरपालिकाबाट सहभागी खेलाडीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै खेलकुदको माध्यमबाट देशका विभिन्न नपासँग सुमधुर सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको बताउनुभयो ।

भक्तपुर नपाले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै हरेक नागरिकलाई खेलकुद र शराीरिक अभ्यासमा सहभागी गराउने प्रयास चालु राखेको बताउँदै भक्तपुर नपाले नियमित खेलकुद प्रशिक्षणको पनि आयोजना गर्दै आएको बताउनुभयो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले देशका विभिन्न नगरपालिकाका खेलाडी र नगरबासीहरुबीच मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव विकास हुने बताउँदै देशलाई स्वस्थ बनाउन त्यहाँका नागरिकहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुनुपर्ने धारणा राख्नुभयो ।

खेलकुदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ भन्दै उहाँले देश हाँक्नेहरुसँग अनुशासन नहुँदा नेपाली जनताले अप्ठेरो अवस्था महसुस गरिरहेको बताउनुभयो । शासकहरुले खेलाडीहरुको देशप्रेम र अनुशासनबाट पनि केही पाठ सिक्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्ताले आ–आफ्नो तर्फबाट अनुशासनको प्रदर्शन गर्नुपर्छ भन्नुभयो ।

नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले महिला कबड्डी आयोजनाले भक्तपुर नपाप्रति आभार प्रकट गर्दै गाउँगाउँमा पूर्वजहरुले खेल्ने कबड्डी खेल अन्तर्राष्ट्रिय क्षेत्रमा पनि तीव्र गतिले विकास हुँदै आएको बताउनुभयो ।

खेलकुद विकासमा तीनवटै तहका सरकारहरु समन्वय आवश्यक भएको बताउँदै उहाँले नेपालका खेलाडीहरुलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा राख्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेको बताउनुभयो ।

उहाँले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख, तेस्रो र चौथो हुनेलाई रु. ५०–५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राईले खेलकुदको प्रवद्र्धन र सम्बद्र्ध गर्न भक्तपुर नपाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै खेलकुदले देशको भूगोल, पहिचान, संस्कृतिक, रहन र जीवनशैलीलाई पनि जोड्ने काम गर्ने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा निर्णायकको तर्फबाट राष्ट्रिय निर्णायक दिलिपनारायण श्रेष्ठ र खेलाडीहरूको तर्फबाट भक्तपुर नगरपालिकाका राष्ट्रिय महिला कबड्डी खेलाडी पूजा दुवालले अन्तर नगर महिला कबड्डी प्रतियोगिता २०८० को खेल अखिल नेपाल कबड्डी संघको नियमअनुसार अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्न शपथ लिनुभयो ।

प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट  र्‍यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । र्‍यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

अन्तर नगर महिला कबड्डी प्रतियोगिताअन्तर्गत पहिलो खेल भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाबीच भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.