भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान

४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान

काठमाण्डौ । विपद् र स्वास्थ्य आपत्कालीन अवस्थामा सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले उक्त कुरा जनाएको हो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने उद्देश्यले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको जनाएको छ ।

त्यसका लागि अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ । नेपालमा कुनै पनि बेला, कुनै पनि ठाउँमा स्वास्थ्य आपत्कालीन अवस्था र विपद् आइपरेमा रोग पहिचान, रोकथाम र उपचार, डाक्टर र स्वास्थ्यकर्मीको परिचालनमा सहयोग पुर्‍याउने उद्देश्यले मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका २०७९ जारी गरिसकेको हो ।

यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरण गरेको हो । गण्डकी र बाग्मतीका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि तालिम दिइँदैछ । विगतमा गोरखा भूकम्प, जाजरकोट भूकम्प, कोभिड–१९ महामारीलगायतका विपद् र महामारीका बेला उपलब्ध सेवा निकै सकारात्मक रहेका जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.